धनगढी, ३० कार्तिक/धनगढी उपमहानगरपालिका वडा नम्बर ११का वडा सदस्य स्थानीय युवालाई बुधबार राति कुटपिट गरेका छन् । वडा ११का वडा सदस्य तुलसी रानाले मदिरा सेवन गरी घाडसुबामा कुटपिट गरेको बताईएको छ ।
वडा सदस्य स्थानीय ज्ञानु चौधरीलाई हातपात गरेका हुन् । सदस्य रानाले कटपिट गरी चौधरीको कपडा समेत च्यातेका छन् । वडा सदस्य रानाले तिहारको समयमा रमाईलो गर्ने बेला सामन्य बिवाद भएको बताएका छन् ।
उनले सामान्य बिवाद भएको बताएका छन्साथीभाईहरु गाँउकै होटलमा तिहार मनाईरहेका बेला वडा सदस्य रानाले गालीगलौच गर्दै कुटपिट गरेको पिडित ज्ञानु चौधरीले जानकारी दिए ।