धनगढी १० कार्तिक/नेपाल तरुण दल कैलालीले स्थापना दिवसको अबसरमा धनगढीको आमाको माया छात्रबासलाई खाद्य सामग्री हस्तान्तरण गरेको छ । तरुण दलको ७१ औ स्थापना दिवसको अबसरमा खाद्य सामग्री बितरण गरिएको हो ।
युवाहरु पनि सामाजिक कार्यमा अग्रसर हुनुपर्ने सन्देश दिन परोपकारी अभियान गरेर स्थापना दिवस मनाएको नेपाल तरुण दल कैलालीका अध्यक्ष निराजन खड्काले जानकारी दिए । आमाको माया छात्रबासलाई चामल, अण्डा, दाल र चाउचाउ हस्तान्तरण गरेको अध्यक्ष खड्काले जानकारी दिए ।