धनगढी १० कर्तिाक/कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । टीकापुर नगरपालिका९१ को बसपार्कमा प्रदेश ३०२००९प१०६० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २७ वर्षीय ग्रिष्म तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।