धनगढी ९ कार्तिक/कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्युु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका-६ को बनबेहडामा नम्बर नखुलेको गाडीले ठक्कर दिदा अन्दाजी ७० वर्षीय महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी महिलाको राती उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युु भएको हो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार मृतक महिलाको पहिचान खुलेको छैन भने ठक्कर दिएको आशंकामा केही सवारीसाधन नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।