धनगढी, ५ कार्तिक/कैलालीको गेटामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गोदावरी नगरपालिका– ५ गेटा स्थित भित्री सडक खण्डमा से १ त ७९४५ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई नालीमा पल्टिएर शनिबार साँझ दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका–८ का ३५ वर्षीय रामकिशन चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाईते भएका उनको मायामेट्रो अस्पताल घनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। सोही ट्याक्टरमा सवार रहेका गोदावरी नगरपालिका–५ बरबटाका ३४ वर्षीय बख्खु बिक घाइते भएका छन्। घाइते बिकको पनि मायामेट्रो अस्पताल घनगढीमा उपचार भइरहेको छ।