धनगढी, २६ असोज/गृहजिल्ला डोटीमा त्रिवि केन्द्रीय क्याम्पसका सभापति श्यामराज ओझा सम्मानित भएका छन् ।नेपाल विद्यार्थी संघ डोटी बहुमुखी क्याम्पस इकाई समिति डोटीले त्रिवि केन्द्रीय क्याम्पस स्ववियु सभापति तथा त्रिवि सभा सदस्य श्यामराज ओझा र डोटी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख एवं त्रिवि सभा सदस्य दिलानन्द जोशीलाई सम्मान गरेको छ ।
त्रिभुवन विश्वविद्यालय सभा सदस्य द्वयलाई एक कार्यक्रमका बिच शुक्रबार नेविसंघ क्याम्पस इकाई समितिले सम्मान गरेको हो ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस का स्ववियु सभापति तथा त्रि बि सभा सदस्य श्याम राज ओझा र डोटी बहुमुखी क्याम्पस डोटीका प्रमुख तथा त्रि बि सभा सदस्य दिलेन्द्र जोशीलाई नेपाल बिद्यार्थी संघ, डोटी बहुमुखी क्याम्पस इकाइले सम्मान तथा बधाई दिएको छ।
साथै दसैँ तिहार को शुभकामना आदान प्रदान गरी कार्यक्रम सम्पन्न भएको कुरा एकाई सभापति जेनिश बोहराले जानकारी दिए। कार्यक्रममा क्याम्पसका प्राध्यापक, विद्यार्थी, ने। वि संघ जिल्ला उपसभापति जिवन जेठारा तथा घण्टेश्वर सेति महाकाली क्याम्पसका पुर्व स्ववियु सभापतिको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै स्ववियु सभापति श्याम राज ओझाले क्याम्पसहरु विश्वासका धरोहर हुनस् क्याम्पस पढेर छोराछोरीको भविस्य बन्छ भन्ने विस्वास अभिभावकको हुन्छ, क्याम्पस पढ्नेरपढाउने व्याक्तिले भनेको कुरामा समाज को विश्वास हुन्छ, र विद्यार्थी स्वयंको पनि आफ्नो क्याम्पसबाट सिक्ने ज्ञानले भविष्य बन्छ भन्ने विश्वास हुन्छ्। त्यसैले विश्वास को धरोहर क्याम्पस हो र यसको उचित व्यवस्थापनमा सहयोग पुग्ने गरी त्रि। वि। सभाबाट निर्णय गराउने प्रतिबद्धता व्यक्त गर्दछु। भनेका थिए।