धनगढी २२ असोज/इजराईलमा रहेका बिद्यार्थी र नेपालीको उद्धारको माग गर्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय धनगढीको मुलगेटमा विद्यार्थीहरुले नाराबाजी गरेको छन् ।धनगढीका बिभिन्न क्याम्पसका बिद्यार्थीहरुले मुख्यमन्त्री मुल पुगेर बिद्यार्थी र नेपालीको अबस्थाका बारेमा जानकारी गराउन माग गरेका छन् ।
अनेरास्ववियु सुदूरपश्चिम अध्यक्ष मनोज राई, कैलाली अध्यक्ष रोहित बोगटी र एश्वर्य बुहमुखी क्याम्पसका स्ववियु सभापति कुवेर खड्काको नेततृत्वमा बिद्यार्थीहरुले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय धनगढीको मुलगेटमा विद्यार्थीहरुले नाराबाजी गरेको हुन् ।
‘ईजराईलमा रहेका बिद्यार्थी र नेपालीको उद्धारको माग गरेका छौ’ अनेरास्ववियु सुदूरपश्चिम अध्यक्ष मनोज राईले भने–‘सरकारले अहिले सम्म नेपालीको अबस्थाका बारेमा अहिले सम्म कुनै जानकारी गराउन सकेको छैन ।’
बिभिन्न क्याम्पसबाट बिद्यार्थीहरु बजारमा नाराबाजी गर्दौ मुख्यमन्त्री मुलगेटमा केहीबेर प्रदर्शन गरेका थिए ।