धनगढी, २१ असोज/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरको पुनर्वासस्थित शहिद गोविन्द गौतमको स्मृति पार्कमा पुगेर सालिकमा माल्यार्पण गरेका छन्।
नेकपा एमाले सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशनको उद्घाटनका लागि अध्यक्ष ओली आइतबार बिहान धनगढी पुगेका हुन। कार्यक्रम अघि एमाले अध्यक्ष ओली पुनर्वासको शहिद गोविन्द गौतमको सालिकमा माल्यार्पण गरेका हुन् ।
अध्यक्ष ओलीसंगै महासचिव शंकर पोखरेल लगायत एमालेका शीर्ष नेताहरु धनगढी आएका हुन। ओली प्रदेश अधिवेशन उद्घाटन गरेर आइतबार नै काठमाडौँ फर्किने कार्यक्रम छ।