काठमाण्डौ १६ असोज/ मंगलबार बिहान देशभर मौसम बदली भएको छ भने कतिपय स्थानमा वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार अहिले बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा मौसम सामान्य बदली भएको छ भने देशका बाँकी प्रदेशमा मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको छ।
‘गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भने हल्का वर्षा पनि भइरहेको छ’, मौसमविद् महर्जनले भनिन्। यस्तै यतिखेर काठमाडौं उपत्यकाको मौसम पनि सामान्य बदलीको अवस्थामा छ। तर पानी भने नपरेको उनले बताइन्। मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर मौसम सामान्य बदली रहनेछ। यस क्रममा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
साथै दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै राति पनि देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ।यस क्रममा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।साथै राति गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
अझै ३ दिन मनसुन बाहिरिने संकेत छैन
नेपालबाट मनसुन ९वर्षायाम ल्याउने मौसम प्रणाली० बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो, जुन हिजो बितिसकेको छ।अझै ३ दिन नेपालबाट मनसुन बाहिरिने संकेत नदेखिएको मौसमविद् बिनु महर्जनको भनाइ छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर छत्तीसगढ आसपास क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव परिरहेको छ। जसका कारण मौसम बदली र वर्षा भइरहेको हो।
‘मनसुन बाहिरिनलाई न्यून चापीय क्षेत्र कमजोर हुँदै जानुपर्छ’, मौसमविद् महर्जनले भनिन्, ‘कम्तीमा ३ दिनसम्म मनसुन बाहिरिने संकेत देखिँदैन।’यद्यपि पर्सि बिहीबारबाट मौसम सुधार हुँदै जाने सम्भावना देखिएको पनि उनले बताइन्।सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गरिएको छ। त्यसपछि मौसमविद्ले पुनः अर्को ३ दिनको मौसम अनुमान गर्ने गर्छन्।