• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

डडेल्धुरामा वृद्धभत्ता लिन दुई दिन पैदल

डडेल्धुरा : डडेल्धुराका वृद्ध–वृद्धाहरूलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि दुई दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरणपछि ज्येष्ठ नागरिकलाई समस्या उत्पन्न भएको छ। बैंकहरू सदरमुकाम केन्द्रित हुने भएकाले रकम झिक्न दुई दिनसम्म पैदल हिँड्नु पर्ने समस्या छ। ग्रामीण गाउँ बस्तीमा सडक छैन।

गाउँ बस्तीमा बैंक पनि छैनन्। सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता दिन ज्येष्ठ नागरिक बूढापाकाले दुई दिनसम्म पैदल हिँड्नुपर्ने बाधयता डडेल्धुरामा छ। जिल्लाको भित्री मधेस जोगबुडाको परशुराम नगरपालिकामा सामाजिक सुरक्षा भत्ता लिनेहरुले दुई दिन पैदल हिँड्नु पर्ने बाध्यता छ। सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मेवारी लिएको ग्लोवल आइएमई शाखा जोगबुडा लाल ढुंगाबजारले वडा कार्यालयमा नगई नगरपालीका सदरमुकाममै वितरण गरिरहेकाले सामाजिक सुरक्षा भत्ता लिनेहरूले सास्ती भोग्नु परेको हो।

परशुराम नगरपालिका ८ आइडुंग्राका मौरसिंह साउँदलाई ज्येष्ठ नागरिक भत्ता लिनका लागि दुई दिनको पैदल बाटो हिँड्न पर्दछ। ज्येष्ठ नागरिक भत्ता लिनका लागि आउँदा साउँदले घरबाट आएर बाटोमै एक दिनको बास बसी परशुराम नगरपालिका सदरमुकाम लालढुंगास्थित ग्लोबल आइएमई बैंकमा पुग्छन्। ‘दुई दिन पैदल हिँडेपछि मात्रै बैंक पुगिन्छ’ ७२ वर्षीय साउँदले भने, ‘बैंकमा पुगेपछि पनि लाइनमा बस्नुपर्छ।

दुई दिन जसो त बैंकमा नै लाग्ने भएकाले घर आउजाउ गर्नमै पाँच दिन लाग्छ।’ सरकरले भत्ता त दियो तर लिन समस्या नै रहेकाले सहज गरिदिन उनको आग्रह छ। यसैगरी, वडा नम्बर १० जोजलाकी उजली ओखडालाई ज्येष्ठ नागरिक भत्ता लिनका लागि नगरपालिका सदरमुकाम पुग्न ६ घण्टा पैदल हिँड्नु पर्ने बाध्यता रहेको छ। उनीहरू मात्रै नभई नगरपालिकाका अधिकांश वडाका सामाजिक सुरक्षा भत्ता लिनेहरूको समस्या यस्तै हो। परशुराम नगरपालिकाका अधिकांश वडाका गाउँमा यातायातको पहुँच नभएकाले पनि सामाजिक सुरक्षा भत्ता लिनका लागि नगरपालिका सदरमुकामसम्म पुग्न पैदलै हिँड्नु पर्ने बाध्यता रहेको छ।

डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकामा पनि यस्तै समस्या छ। यहाँका ज्येष्ठ नागरिकले पनि भत्ता बुझ्नाको लागि जिल्ला सदरमुकाम आउनुपर्ने बाध्यता रहेको छ।

 

वडा कार्यालयबाटै वितरण गरि दिन आग्रह

बैंकहरुले सामाजिक सुरक्षा भत्ता दिनका लागि सहज नगर्दा ज्येष्ठ नागरिकहरुले दिनभर जसो लाईनमै बस्नु पर्ने अर्का समस्या छ।  नगरपालिका सदरमुकाम सम्म आउन समस्या भएकाले सामाजिक सुरक्षा भत्ताको रकम वडा कार्यालय बाटै वितरण गरि दिन उनीहरूको आग्रह छ। वडामै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने मौखिक सहमति भएपनि कागजी रूपमा सम्झौता नगर्दा अहिले ग्लोवल आइएमइ बैक शाखा लालढुंगाले नगरपालीका सदरमुकाममै सामाजिक सुरक्षा भत्ताको रकम वितरण गरिरहेको छ।

बैंकलाई कारवाही गरेर भएपनि अवको चौमासिकमा वडा कार्यालयमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना रहेको परशुराम नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले बताए।

सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको ग्लोवल बैंक शाखाले सुरक्षासहितका विभिन्न कारण देखाउँदै रकम वितरणका लागि वडा कार्यालयमा गएको छैन। वडा कार्यालयमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौता गर्ने वितरण गर्दा वडा कार्यालयमा नजाने बैंकहरुलाई कारवाहीको दायरामा ल्याइ वडा कार्यालयमै सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि सरोकारवाला निकायले पहल गर्नु आवश्यक ज्येष्ठ नागरिकको माग छ।

बिहिबार, मङि्सर २६, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.