रमेश बहादुर सिंह
बझाङ, ९ असोज / बझाङमा आज २: ३०बजेको समयमा आगलागी भएको छ। जिल्ला को तलकोट गाउँपालिका वडा नं ५खौला बजारमा ग्याँस पड्केर आगलागी हुँदा दुई घरमा रहेका पाँच पसल जलेर नष्ट भएको स्थानीय अरुण सिंहले बताएका छन्।खौला बजारमा व्यवसायी गर्दै आएका उत्तम चँदाराको मोबाइल ग्यालरीबाट ग्याँस पड्केर आगलागी हुँदा पाँच पसमा क्षति पुगेको हो
तल्कोट गाउँपालिका अध्यक्ष कलक रोकायाका अनुसार दिउँसो करिब दिउसो को २ः३० बाट सुरु भएको आगलागी ३ः४५ मा नियन्त्रणमा ल्याइएको थियो। आगलागीबाट दुईवटा पक्की घरमा व्यवसाय गरिरहेका पाँच व्यवसायीका पसलभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको छ।
आगलागीबाट खौला बजारमा व्यवसायी गर्दै आएका पदम भण्डारीको पसल, एक सुनचाँदी पसल, एक हातेहोजीयारी, मिनबहादुर भोटेको पसल र अञ्जली सिंहको पक्की घरसहित पसलभित्र रहेका सामान जलेर नष्ट भएको तल्कोट गाउँपालिका अध्यक्ष रोकायाले बताए। क्षतिको पूर्ण विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ। आगो नियन्त्रण गर्ने स्थानिय ब्यति खौला बजारका व्यापारी लगाएत जनप्रतिनिधिहरु डेढ घण्टा पछि नियन्त्रणमा लिइएको बताएको छ।