धनगढी, १ असोज/नेकपा माओवादी केन्द्रले बहुविवाहको आरोपमा सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई ६ महिनाका लागि निलम्बन गरेको छ । उनी भजनी नगरपालिकाका पुर्व मेयर समेत हुन् ।
कैलालीको भजनी नगरपालिकाका पूर्व प्रमुख समेत रहेका उनले केही समयअघि बहुविवाह गरेको बताइएको छ । सोबारेमा पार्टीमा उजुरी परेपछि उनले आफ्नो कमजोरी स्वीकारेका थिए । उनको कमजोरी पुष्टि भएसँगै हालै बसेको केन्द्रीय कार्यालयको बैठकबाट उनलाई निलम्बनको निर्णय भएको बताइएको छ ।