धनगढी, ३१ भदौ/अनेरास्ववियुका विद्यार्थी नेता तथा सुदुरपश्चिमाञ्चल क्याम्पसको स्वतन्त्र विद्यार्थी परिषद्को निवर्तमान अध्यक्ष निशिव धिमाल नेविसंघ प्रबेश गरेका छन् ।
आईतबार नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले धिमाललाई टिका र खादा लगाएर नेपाली काँग्रेसमा स्वागत गराएका हुन् । धिमाल अनेरास्ववियु परित्याग गरी नेविसंघमा प्रबेश गरेका हुन् ।
धिमाललाई नेपाली काँग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट, नेविसंघका अध्यक्ष मनिष कुँवर, सुदूरपश्चिमका भौतिक पुर्वाधार विकाश मन्त्री प्रकाशबहादुर देउवाले स्वागत समेत गरेका छन् ।