कैलालीको लम्कीमा बृहत खुल्ला ब्याटमिन्टन प्रतियोगिता २०७६ हुने भएको छ । नेपाली काँग्रेस कैलाली क्षेत्र नं।२ र लम्कीचुहा नगर समितीको संयुक्त आयोजनामा शहिद लाल बहादुर बम र लोकराज ढकाल स्मृति कप ब्याडमिन्टन प्रतियोगिता २०७६ हुन लागेको हो । लम्कीमा आज पत्रकार सम्मेलनको आयोजना गरी नेपाली काग्रेसका युवा नेता तथा प्रतियोगिता संयोजक लब बहादुर शाहीले स्वाथ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ पुस ३ गते बाट प्रतियोगिता शुरु हुने जानकारी गराउनु भएको थियो ।
खेलको माध्यामबाट सुदुुरपश्चिमको प्रदेशद्धार लम्कीचुहा नगरपालिकालाई देशमै चिनाउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार १ रुपैया नगद, मेडल, ट्रफि र प्रमाणपत्र पुरस्कार पाउने छ । द्धितिय हुने टिमले २५ हजार १ रुपैया नगद सहित मेडल, ट्रफि र प्रमाणपत्र, तृतिय हुने टिमलाई १० हजार १ रुपैया नगद सहित मेडल, ट्रफि र प्रमाणपत्र पुरस्कार रासि रहेको पत्रकार सम्मेलन मार्फत नेपाली कांग्रेसका युवा नेता तथा प्रतियोगिता संयोजक लब बहादुर शाहीले जानकारी दिनु भएको छ।