काठमाण्डौ २६ भदौ/सरकारले सुवास नेम्वाङको असामयिक निधनप्रति दुस्ख व्यक्त गरेको छ।मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको अन्त्येष्टि राजकीय सम्मानमा साथ गरिने निर्णय गरेको हो।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले नेम्वाङको अन्त्येष्टिका दिन (सम्भवतस् बुधबार या बिहीबार) सार्वजनिक बिदा दिने निर्णय पनि भएको बताएका छन्।