• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

खुटिया–दीपायल फाष्ट ट्रयाक निर्माण गर्न कोरिया सरकारसंग डा. राणाको आग्रह

काठमाण्डौं, २३ भदौ/प्रतिनिधि सभा सदस्य तथा कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिकी सभापति डा. आरजु राणा देउवा र नेपालका लागि दक्षिण कोरियाका राजदूत तेइ योङ पार्कबीच शुक्रवार भेटवार्ता भएको छ ।

दक्षिण कोरियाली राजदूत पार्कसंगको भेटमा कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिकी सभापति डा. राणाले दौत्य सम्बन्ध स्थापना भएयता कोरिया सरकारबाट नेपाललाई प्राप्त सहयोगका लागि धन्यवाद दिईन । राणाले कोरिया सरकारबाट खुटिया–दीपायल फाष्ट ट्रयाक निर्माण, धनगढीमा रहेको होल्डिङ सेल्टरमा महिला तथा बालबालिकाको अस्पताल सञ्चालन र सुदूरपश्चिममा प्राबिधिक तालिम केन्द्र स्थापनाका लागि सहयोग गर्न आग्रह गरिन ।

राणाले खुटिया–दीपायल फाष्ट ट्रयाक निर्माणले सुदूरपश्चिमका पहाडी जिल्लासंगको तराईको दूरी अत्यन्त छोटो हुने र त्यसले पहाडी जिल्लामा जलविद्युत आयोजना निर्माण समेत अत्यन्त सहज हुने बताईन । डा. राणाले सुदूर पश्चिममा महिला तथा बालबालिकाको मृत्यु दर अत्यािधक रहेकोले महिला तथा बालबालिकाको सुबिधा सम्पन्न अस्पताल सञ्चालन गर्न आवश्यक रहेको बताईन ।उनले महिला तथा बालबालिका अस्पताल सञ्चालनका लागि धनगढीमा रहेको होल्डिङ सेल्टर उपर्युक्त रहेको जानकारी दिईन । डा। राणाले सुदूरपश्चिममा जलविद्युत क्षेत्रमा लगानीका लागि समेत राजदूत पार्कसंग आग्रह गरिन ।
नेपाल र दक्षिण कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेकोमा डा। राणाले कोरियाली राजदूतलाई पार्कलाई बधाई दिईन ।उनले राजदूत पार्कलाई सुदूर पश्चिम प्रदेश भ्रमणका लागि समेत आग्रह गरिन ।

कोरियाली राजदूत पार्कले कोरियाले दौत्य सम्बन्ध स्थापना भएयता नेपालका बिभिन्न क्षेत्रमा गरिरहेको लगानी तथा सहयोगलाई आगामि दिनमा बृद्धि गर्ने बताए । राजदूत पार्कले नेपालसंग कोरियाको दौत्य सम्बन्ध अत्यन्त समधुर रहेको बताउदै नेपालको विकासका लागि जलविद्युत, सेवा क्षेत्र, प्राबिधिक शिक्षा र उद्योगधन्दा र पूर्बाधारमा गर्दै आएको लगानीलाई निरन्तरता दिने बताए ।उनले डा। राणाको आग्रहमा डिसेम्बर पहिलो साता सुदूरपश्चिमको भ्रमण गर्ने प्रतिबद्धता गरेका छन् ।

डा. राणाको आग्रह स्वीकार गर्दै राजदूत पार्कले सुदूर पश्चिमको विकासमा साझेदारी गर्न कोरिया सरकार तयार भएको बताए । उनले यसअघि कोरियाली सरकारको सहयोगमा दार्चुलामा चमेलिया जलविद्युत आयोजना निर्माण भएको बताए । उनले उनले नेपालमा लगानी गर्ने कोरिया चौथौ ठूलो देश भएको जानकारी दिदै नेपालको पूर्बाधार, सेवा क्षेत्र, प्राबिधिक र जलविद्युतमा सहुलियत दरमा ऋण समेत उपलब्ध गराउदै आएको बताए ।

शनिबार, भदौ २३, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.