धनगढी, २१ भाद्र/कैलालीको धनगढी स्थित त्रिनगर नाकाको प्लान्ट क्वारेन्टिनलाई कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तरकारीको विषादी परीक्षण गर्दै आएको उक्त क्वारेन्टिनलाई पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
समितिकी सभापति डा. आरजु राणा देउवा हुन् । उनले गौरीफण्टा नाकामा क्वारेन्टीन हटाएकोलाई तत्काल संचालनमा ल्याउन आग्रह गरेकी हुन् । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकपछि समितिका उपसचिव शिवदत्त बरालले समितिले त्रिनगर नाकाको प्लान्ट क्वारेन्टिनलाई सञ्चालनमा ल्याउनसम्बन्धित निकायलाई निर्देशन दिएको बताए।
प्लान्ट क्वारेन्टिन बन्द भएपछि धनगढीका उद्योगी व्यवसायी चिन्तित बनेका थिए। क्यारेन्टिन बन्द हुँदा खाद्य र पशुपन्छी दाना उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै यसअघि उद्योगी व्यवसायीले सञ्चालनको माग गरेका थिए। तीन हप्तादेखि क्वारेन्टिन बन्द हुँदा खाद्यान्न, फलफूल र तरकारीको आयात–निर्यात समेत ठप्प छ।