लबदेब धामी
धनगढी, १४ भाद्र / दुर्घटना न्युनिकरण गर्न धनगढीमा छाडाचौपायामा ट्राफिकले रेडियम लगाउने अभियान सुरु गरेको छ । छापाचौपायले गर्दा सडक दुर्घटना हुन थालेपछि जिल्ला ट्राफिकले रेडियम लगाउने अभियान सुरु गरेको हो ।
सडकमा भेटिने छाडा चौपायाको सिङ, घाँटीमा ट्राफिक प्रहरीले रेडियम लगाउन सुरु गरेको कैलाली जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरिक्षक दिपक मल्लले बताए । सडक खण्डमा रातिको समयमा सवारी चालकको सहजताको लागि छाडाचौपायमा रेडियम लगाउन लागिएको ट्रफिक प्रहरी निरिक्षक मल्ले बताए ।
धनगढीमा छाडाचौपायाले सडकमा सवारी आवतजावत गर्न समस्या भएको छ । ‘दिनमा भन्दा रातमा झन सडकमा बढी चौपाया हुँदा समस्या भएको चालकले गुनासो गरेका छन्’ ट्राफिक प्रहरी निरक्षक मल्ले भने–‘ राति कालो रङ भएका चौपायाले गर्दा झनै समस्या भएको छ, त्यसैले समाधान गर्न चौपायामा टल्कने रेडियम लगाउने अभियान थालिएको हो ।’ छाडा चौपाया र चालकको सुरक्षाकै लागि गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
यो अभियान धनगढी उपमहानगरपालिकाको र ट्राफिक प्रहरीको साँझेदारीमा सञ्चालन गरिएको छ ।