नेपाल १३ औँ दक्षिण एसियाली खेलकुद (साग), फुटबलको फाइनलमा भुटानसँग भिड्ने भएको छ।
आइतबार बंगलादेशलाई हराउँदै नेपालले भुटानसँगको फाइनल भेट पक्का गरेको हो। नेपालले बंगलादेशलाई १—० ले हराएको हो।
नेपालका सुनिल बलले ११औं मिनेटमा गरेको गोल नै निर्णयक बन्यो। उनले रिजन सुब्बा र कप्तान सुजल श्रेष्ठसँगको तालमेलमा गोल गरेका थिए।
नेपालको १० अंक भएको छ ।
नेपाल र भुटानबीचको फाइनल खेल २४ मंसिरमा हुनेछ। श्रीलंकालाई हराउँदै भुटान शनिबार नै फाइनल पुगिसकेको छ। गत वर्ष नेपालले भारतलाई हराउँदै फाइनल जितेको थियो।