धनगढी, १२ भाद्र/सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग मंगलबार १० बजेदेखि बन्द भएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मंगलवार बिहान १० देखि ४ बजेसम्म सडक बन्द गरिएको हो । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा पहिरोका कारण भासिएको सडक मर्मतका लागि ६ घण्टा यातायात बन्द गरिने भएको हो।
वर्षाका कारण बुढीतोलामा पहिरो गएको थियो। उक्त क्षेत्रमा पानी रहेकाले सवारी सञ्चालनमा समस्या हुने गरेको छ। साउन २२ गते रातिको वर्षापछिको पहिरोले राजमार्गमा पहिरो गएको थियो भने केही क्षेत्र भासिएको थियो। पाँच सय मिटर सडक भासिएकाले मर्मतमा समस्या हुने गरेको छ।