धनगढी, ११ भाद्र/स्वास्थ्य कार्यालयको धनगढीले डेगी रोकथामको सन्देश प्रचारप्रसार गर्न पठाएको ईरिक्सा धनगढीमा दुर्घटना भएको छ । दुर्घटनमा परी तिन जना घाईते भएक छन् । घाईतेको अबस्था सामान्य रहेको छ ।
सोमबार प्रचारप्रशारका लागि हिडेको धनगढी ०३५३ नम्बरको ईरिक्सा धनगढी ५ हसनपुरमा दुर्घटनामा परेको हो । दुर्घटनमा ईरिक्सा चालक रामजित महत, उपेन्द्र बिष्ट र सुनिल धामी रहेका छन् । उनीहरुको धनगढीको निसर्ग अस्पतालमा उपचार गराई फर्केका छन् ।
ईरिक्सा भने प्रचारप्रसारका लागि स्वास्थ्य कार्यालयको धनगढीले भाडामा लिएको थियो । अघाडीबाट आएको मोटरसाईकलबाट जोगिन खोज्दा दुर्घटना भएको बताईएको छ ।