धनगढी, ११ भाद्र/अवरुद्ध रहेको बाग्थला – बिजगडा सडक खण्ड आइतवारबाट खुलाउने काम सुरु भएको छ । बुङगल नगरपालिकाका बिभिन्न वडा लाइ जोड्रने बाग्थला -बिजगडा सडक खण्ड लगातारको वर्षका कारण पहिरो आएपछि लामो समय दखि अबरुद्ध रहेको थियो ।
उक्त सडक खण्डको बाग्थला नजिकको सेतो पहिरो खुलाउने कार्य सुरु भएको बुङगल नगरपालिका नगर प्रमुख जय बहादुर धामीले बताए । स्थानीय संग बार्ता गरी बाग्थला नजिकको सेतो पहिरो खोल्ने यो स्रोत प्रयास गरेको बताउदै पानि नपरे २-३ दिन भित्र बाटो सुचारु हुने नगरप्रमुख धामीको भनाइ छ ।पानी परिरहेको अवस्थामा सडक मर्मत गर्न नसकीएको र मौसममा सुधार आएपछि बिहानैबाट अबरोध हटाउनका लागी जेसिभिले काम सुरु गरेको उनले बताए ।
आफै पहिरो गएको ठाउमा पुगेर उहाले बाटो खुलाउने प्रयास गरीरहनुभएको छ । लगातारको बर्षाका कारण उक्त सडक खण्डको बिभिन्न ठाउमा पहिरो जादा सडक पूणर्रुपमा अवरुद्ध भएको थियो ।उक्त सडक खण्ड अबरुद्ध हुदा ग्यास देखि खाद्यान्नको अभाब हुनुका साथै आवत जावत गर्न पनि समस्या भएको थियो ।