धनगढी, ९ भाद्र/बिश्व हिन्दु युवा संघ धनगढी उप–महानगरपालिका कार्यसमितिले धनगढीमा प्रदर्शन गरेको छ । “गौ हत्या गर्न पाइदैन, सनातन हिन्दु राष्ट्र कायम गर” भन्दै शनिबार धनगढीमा प्रदर्शन गरिएको छ ।
शनिवार गौहत्या विरुद्ध गरेको प्रदर्शनमा उनीहरूले गौ हत्या कार्य बन्द गर्नुपर्ने माग राखेका छन्। ‘गौ हत्या बन्द गर’, ‘हिन्दू राष्ट्र जिन्दाबाद’, ‘दोषीलाई कारबाही गर’ लगायतका प्ले कार्ड सहित उनीहरूले प्रदर्शन गरेका हुन्। विरोध ¥यालीमा विभिन्न प्ले कार्ड सहित स्थानीयले समेत समर्थन गर्दै प्रदर्शन गरेका थिए।
धरानमा गोरु काटेर खाएको विषयमा बिश्व हिन्दु युवा संघका कार्यकर्ता र हिन्दुधर्मालम्बीहरुले आन्दोलन गरेको युवा नेता महेश जोशीले बताएका छन् । धनगढीको एलनचौक देखी सुरु भएको बिरोध ¥याली पार्क चौकमा पुगी कोण सभामा परिणत भएको थियो । गाई जनावरमात्रै नभएर हिन्दुहरुको आस्थाको केन्द्र र संविधानले चिनेको राष्ट्रिय जनावर भएको बताउँदै उनीहरुले गौहत्या बन्द हुनुपर्ने र उक्त कार्यमा संलग्नलाई कानुन बमोजिम कारबाही गरिनु्पर्ने माग राखेका छन्।