धनगढी, १९ साउन/भागेश्वर ग्रुपले शखिर १ डोटीको कपल्लेकी स्वास्थ्य चौकीलाई एम्बुलेन्स खरिदका लागि रकम प्रदान गरेको छ ।
भागेश्वर ग्रुपका संचालक लालबहादुर बोगटी, गणेश बोगटी, शंकर बोगटी र टेक बोगटीले आफ्नो फुर्खेउली थलो भएका कारण त्यहा एम्बुलेन्स खरिद गर्नका रकम प्रदान गरेको डोटीको शिखर नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष दिपक बोगटीले जानकारी दिएका छन् ।
डोटीको कपल्ल र आसपासका क्षेत्रका नागरिकलाई सहज रुपमा स्वास्थ्य पुगाउन ल्याउन सजिलो होस् भन्ने उदेश्यले एम्बुलेन्स सहयोगका लागि रकम प्रदान गरेको भागेश्वर ग्रुपका संचालक शंकर बोगटी जानकारी दिए । भागेश्वर ग्रुपले एम्बुलेन्स खरिदका लागि सबै पूरा गरि महेन्द्र कम्पनीलाई रकम हस्तान्तरण गरी स्वास्थ्य मन्त्रालयमा कागजात मिलाई माग गरिसकेको वडा अध्यक्ष दिपक बोगटीले जानकारी दिए ।