धनगढी/धनगढीस्थीत पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले आफ्नो सेवा बन्द गरेको छ। सुदूरपश्चिम प्रदेशभरि पशु चौपायामा लम्पी स्किन रोगको प्रकोप भयावह अवस्थामा फैलीरहेको बेला प्रयोगशालाले आज९सोमवार० बाट आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको हो।
चालु आर्थिक वर्षमा कुनै पनि शीर्षकमा बजेटको व्यवस्था नभएकाले बाध्य भएर सेवाहरु बन्द गर्नुपरेको प्रयोगशालाका प्रमुख डा। नरेश जोशीले बताए। उनले अर्को व्यवस्था नभएसम्मका लागि सेवा प्रवाह गर्न असमर्थ रहेको बताए।
आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार संस्थागत संरचनाको समेत अन्योलता रहेको जनाएको छ। जसको कारण बजेटको व्यवस्था नहुँदा प्रदान गर्दै आएका सेवाहरु बन्द गर्नुपरेको जोशीले बताए। पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले पशुपन्छीमा लाग्ने विभिन्न रोगको जाँच गर्दै आएको थियो।