• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सरकारले तोकेको निशुल्क औषधि सबै स्वास्थ्य संस्थामा उपलब्ध छैन

धनगढी, १ साउन ÷ सरकारले तोकेका निःशुल्क औषधि नागरिकले पाइरहेका छैनन्।सरकारले निःशुल्क उपलब्ध गराउने भनेका औषधि १।३ प्रतिशत स्वास्थ्य संस्थामा मात्रै पाइने गरेका छन् । तर पनी प्रदेशका स्वास्थ्य संस्थामा उपलब्धता भने देखीएको छैन् ।

जब कि नागरिकलाई निःशुल्क उपलब्ध गराउने भन्दै बर्सेनि ढुकुटीबाट डेढ अर्बभन्दा धेरै रकम खर्च हुने गरेको छ। स्वास्थ्य मन्त्रालयले नै गरेको नेपाल हेल्थ फेसिलिटी सर्भे, २०२१ ले आधारभूत सेवाअन्तर्गत अत्यावश्यकतर्फ राखेका औषधि अत्यन्त न्यून स्वास्थ्य संस्थामा मात्रै पाइने गरेको देखाएको हो। त्यसअघि सन् २०१५ मा गरिएको यस्तो सर्भेमा अत्यावश्यक औषधिको उपलब्धता स्वास्थ्य संस्थामा ०।८ प्रतिशत मात्र थियो । जुन २०२१ को सर्वेक्षणमा ०।५ प्रतिशतले बढेको देखिन्छ ।

निःशुल्क वितरण गरिने अत्यावश्यक औषधि ९८ वटा भए पनि स्वास्थ्य संस्थामा प्रतिनिधिमूलक १८ वटा औषधिको उपलब्धताका आधारमा २०२१ को सर्वेक्षण गरिएको थियो । जसमा ती औषधिको उपलब्धता न्यून देखिएको थियो । अध्ययनमा १८ वटा औषधिलाई रिजल्ट मोनिटरिङ इन्डिकेटरका रूपमा प्रयोग गरिएको थियो, जसले हाल निःशुल्क दिने गरिएका औषधिको उपलब्धता मापन गर्छ ।सर्भेअनुसार प्रदेशहरूका बढीमा २।३ प्रतिशत स्वास्थ्य संस्थाले मात्र सबै अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइरहेका छन्। सबैभन्दा बढी सुदूरपश्चिमका २।३ प्रतिशत स्वास्थ्य संस्थाले अत्यावश्यक औषधि निःशुल्क उपलब्ध गराइरहेका हुन् ।

त्यस्तै, बागमतीमा २।२, कर्णालीमा २।०, मधेसमा १।७, गण्डकीमा ०।७, लुम्बिनीमा ०।४ र कोसीमा ०।२ प्रतिशत स्वास्थ्य संस्थामा निःशुल्क सबै औषधि उपलब्ध छन् । यसबाहेक विपन्न स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क पाउनुपर्ने औषधिसमेत सरकारी स्वास्थ्य संस्थामध्ये १।२ प्रतिशत र निजीमध्ये २।९ प्रतिशतले मात्रै दिइरहेको सर्भेको तथ्यांक छ। अत्यावश्यक औषधिको उपलब्धता ठूला सरकारी र निजी अस्पतालमा समेत न्यून रहेको पाइएको हो ।यता सुदुरपश्चिमको सुगम मानिने कैलाली जिल्लाका स्वास्थ्य संस्थामा सरकारले तोकेका निःशुल्कमध्ये अधिकांश औषधि पाइँदैन । स्वास्थ्य संस्थाले उपचारका लागि पुग्ने बिरामीलाई कतिपय औषधि नभएपछि औषधिविनै पठाउने गरेका छन् ।

कैलालीको पहाडी क्षेत्र मोहन्याल गाउँपालिकाको सुगरखाल स्वास्थ्य चौकीमा सरकारले निःशुल्क तोकेकामध्ये करिब २२ प्रकारका औषधि मात्र उपलब्ध छन् । कतिपय आवश्यक औषधि नभएपछि बिरामीलाई अन्यत्रबाट लिन भन्ने गरेको स्वास्थ्य चौकी प्रमुख जयानन्द जैसीले बताए । ‘सात–आठ दिनअघिसम्म औषधि सकिएर १०–१२ प्रकारका मात्र थिए । बर्खामा समस्या हुन्छ भनेर गाउँपालिकालाई आग्रह गरेपछि केही औषधि थपिएका हुन्, ‘बढी खपत हुने केही औषधि छन्, निःशुल्क तोकेका सबै औषधि कहिल्यै हुँदैनन्  उनले भने।’ सुगरखाल स्वास्थ्य चौकीमा दैनिक ८० देखि सयजनासम्म बिरामी उपचारका लागि पुग्ने गरेका छन् । विकट क्षेत्र भएकाले मेडिकलमा समेत सबै औषधि नपाइने जैसी बताउँछन् ।जिल्लाकै दुर्गम पण्डौन स्वास्थ्य चौकीमा पनि सरकारले निःशुल्क तोकेकामध्ये अधिकांश औषधि छैनन् । कतिपय औषधि बिरामीले स्थानीय मेडिकलबाट किन्ने गरेका छन् ।

सोमबार, साउन ०१, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.