गजल,
बाच्नु कि मर्नु दोधारमा जेलिए पछि लाग्दो रहेछ ।।
पिडा हुदो हो उखुलाई पनि पेलिए पछि लाग्दो रहेछ ।।
उ तनावको औसधि खान्छ भन्दा ,मलाई नौलो लाग्थ्यो ।
साच्चै तनाव पनि एक रोग हो झेलिए पछि लाग्दो रहेछ ।।
भबिस्यबाणी उहिलै गर्नु हुन्थ्यो गुरुले , देखाउदै ठेलागाडा
साच्चै जिम्मेवारीको भारि काँधमा ठेलिए पछि लाग्दो रहेछ
जित्नुपर्छ भन्ने घमण्ड पनि मैदानमा प्रवेश नगर्दा सम्म हो
यहाँ हार पनि स्वभाविकै हो खेलिए पछि लाग्दो रहेछ।।
साहित्य पारकी मान्छे , पदम धामी
सिगास गाँपालिका बैतडी
हाल धनगढी