काठमाण्डौ, २८ असार/राष्ट्रिय स्वतन्त्र पर्टिकी सांसद तोसिमा कार्कीले आफ्नो भनाइ तोडमोड गरी मिडियाले प्रशारण गरेको बताएकी छन् । उनले पशुपतिमा मिडियासँगको दिएको अन्तर्वार्तामा आफ्ना कुरा तोडमोड गरेको भन्लदै आपत्ती जनाएकी हुन ।उनले प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’पत्नी सीता दाहाललाई श्रद्धाञ्जलि दिन पशुपति आर्यघाट पुगेकी सांसद कार्कीले त्यहाँ केही सञ्चारमाध्यममा प्रचण्डलगायत माओवादी पार्टीप्रति विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।
तोसिमाको अभिव्यक्तिको चौतर्फी विरोध भएपछि उनले फेसबुकमार्फत स्पष्टीकरण दिएकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ’मिडियाकर्मी साथीहरूले लिनुभएको बाइटलाई तोडमोड गरी राखिएकोमा, पूरा भिडियो सुन्नु हुन आग्रह गर्न चाहन्छु र साथै तोडमोड गरी राखिएको अभिव्यक्तिले कहीँ कसैको मनोभावनामा चोट पुग्न गएकोमा समेत क्षमा माग्दछु।’
उनले पशुपतिमा मिडियासँगको दिएको अन्तर्वार्तामा भनेकी थिइन्, ’आफ्नै श्रीमतीलाई त समय दिन सक्नुभएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रका लागि के गर्नु होला त भन्ने प्रश्नहरू उठिरहेका छन्।’उनको उक्त भनाइभन्दा पनि श्रद्धाञ्जलि दिन आर्यघाट पुगेर अन्तर्वार्ता दिनु नै गल्ती भएको सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ। मृत्युजस्तो संवेदनशील विषयमा पनि यसप्रकारको अभिव्यक्ति दिनुलाई धेरैले सांसद कार्कीलाई बुझेर पनि अबुझ भएको, मिडिया स्टन्टबाजी मात्र भएको आरोप लगाएका छन्।