काठमाडौं, २७ असार/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । उनको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको हो ।नर्भिक अस्पतालका प्रोफेसर डा। युवराज शर्माले सीता दाहालको निधन भएको पुष्टि गरेका छन् ।
उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको ६९ वर्षको उमेरमा निधन भएको हो । यसबारे जानकारी दिन नर्भिक अस्पतालमा पत्रकार सम्मेलन हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
