धनगढी, २७ असार/ कैलालीमा एमालेका दुई नेता माथि खुकुरी प्रहार भएको छ । मंगलबार जिल्लाको टीकापुरमा नेकपा एमालेको कैलाली जिल्ला कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य प्रकाश खड्का र युवा संघ कैलालीका सदस्य बम ओलीमाथि खुकुरी प्रहार भएको हो।
नेपाली काँग्रेस निकट चक्र शाहको समूहले उनीहरूमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । उनिहरु माथि आक्रमण गर्ने हरुको खाजिकार्य खोजी गरिरहेको प्रहरीले जनएको छ ।