धनगढी, २५ असार/बैतडीको मेलौलीमा सोमबार दिउँसो बस दुर्घटनामा परी घाइते भएकाहरुमध्ये ३७ जनाको नाम खुलेको छ।चालकसहित बसमा सवार ४२ जनामध्ये एकजनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्। घाइते भएकामध्ये ४ जनाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
पञ्चेश्वरबाट महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस मेलौली नगरपालिका ७ स्वाखानीमा दुर्घटनामा परेको हो । सडकबाट ५० मिटर तल खसेको बस रुखमा अड्किएको छ। बसमा सवारमध्ये पञ्चेश्वर गाउँपालिका ६ रन्तोलीका २८ बर्षीय उमेश भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक खत्रीले बताए।
घाइते भएका सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। घाइते मध्ये २५ जनाको अवस्था गम्भीर छ। घाइते हुनेमा बिमला दमाई, शिवनाथ गाउँपालिका ६ का १८ बर्षीया पूजा साउँद, कञ्चनपुरको दोधाराचाँदनीका दिनेश भण्डारी, सोही ठाउँका पार्वती भण्डारी, पञ्चेश्वर २ का केशव लुहार, १३ बर्षीया दिपिका भट्ट, मेलौली ७ की २५ बर्षीया मञ्जु पार्की, पञ्चेश्वर ३ की २५ बर्षीया कृष्णा शाही चन्द, शिवनाथ ५ की २० बर्षीया मीना चन्द, मेलौली नगरपालिका ५ की ४५ बर्षीया कमला चन्द, सोही ठाउँकी १८ बर्षीया कल्पना चन्द, मेलौली नगरपालिका ७ का ३५ बर्षीय विनोद दमाइ, पञ्चेश्वर ३ की ९ बर्षीया दिया चन्द, सोही ठाउँकी ३५ बर्षीया सीता चन्द र सोही ठाउँका १५ बर्षीय रेशम चन्द रहेका छन्।
यस्तै पञ्चेश्वर ३ का ७ बर्षीय दिपेश चन्द, सोही ठाउँका ४५ बर्षीय सुरतबहादुर चन्द,शिवनाथ ४ का ५२ बर्षीय कालुराम कोली, सोही ठाउँकी ५० बर्षीया परु कोली, शिवनाथ ५ का २६ बर्षीय बिरपल धनाडी, सोही ठाउँका १३ बर्षीय प्रकाश कार्की, पञ्चेश्वर ३ की १८ बर्षीया संगीता चन्द, सोही ठाउँका ४३ बर्षीय सुरज चन्द, मेलौली नगरपालिका ७ की ५० बर्षीया उषा दमाइ, महेन्द्रनगरकी १७ बर्षीया निशा भट्ट, पञ्चेश्वरकी ६५ बर्षीया सेतु चन्द,मेहन्द्रनगरका १५ बर्षीय विपिन भट्ट, पञ्चेश्व ३ का ३७ बर्षीय खडक चन्द, सोही ठाउँकी २० बर्षीया लछी चन्द, शिवनाथ ५ का कृष्ण सुतार, सोही ठाउँकी २० बर्षीया सोबधरा धनाडी, सोही ठाउँका आशिष धनाडी, पाटन ५ का ३५ बर्षीय केशवसिंह ठगुन्ना र मेलौली ४ का २६ बर्षीय अमृत चन्द पनि घाइते भएका छन्। यस्तै दुर्घटनामा परेर बस चालक ३५ बर्षीय देव भण्डारी, बसका साहु शिवनाथ १ का ४० बर्षीय भरत साउँद पनि घाइते भएका छन्।