धनगढी १७ मंसिर- पुनर्वासमा स्वदेशी लघुवित्तको कार्यालयमा बम बिस्फोट बिस्फोट भएको छ । मध्यरातमा उक्त कार्यालय अगाडि बम बिस्फोट भएको हो ।
पुर्नवास नगरपालिका–३ आरबीआरडी स्थित रहेको स्वदेशी लघुवित्त संस्थाको शाखा कार्यालयलाई लक्षित गरेर अज्ञात समुहले बम विस्पोट गराएको हो ।
स्वदेशी लघुवित्त संस्था लिमिटेड शाखा कार्यालय पुर्नवासका प्रमुख भुवन राज पन्तले एक्कासी रातीको समयमा ठुलो आवाजमा विस्पोट भएपछि प्रहरीलाई खबर गरेको बताए । ‘हामी सुतेका थियौँ, ‘उनले भने, ‘एक्कासी आवाज आयो, बाहिर हेर्दा स्टीलको बाल्टिनमा बम पट्किएको रहेछ ।’ मध्यरातमा ठुलो आवाज आएपछि सर्वसाधारण त्रसित भएका छन् ।
पुर्नवास प्रहरीले भने उक्त पट्किएको वस्तु बम नभई विस्पोटक पदार्थ जस्तो ठुलो प्रकृतिको पटाका भएको जनाएको छ । इलाका प्रहरी कार्यालय त्रिभवनबस्तीका इन्चार्ज प्रहरी निरीक्षक वकिल बहादुर सिहले पट्किएको वस्तु बम नभई स्लकरशिप भएको बताए ।
विस्पोटक पदार्थबाट कुनै क्षति नभएको उनले बताए । ‘विस्पोटबाट कुनै मानवीय तथा भौतिक क्षति भएको छैन, ‘उनले भने, ‘बम विस्पोट कसले किन गराएको हो, भन्नेबारेमा घटनाको अनुसन्धान शुरु गरिरहेका छौँ ।’
घटनामा संलग्नहरुको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ । घटनाको कारण अझै नखुलेपनि प्रहरीले प्रतिबन्धीत विप्लव समुहमाथी आशंका गरेको छ ।