अछाम १६मंसिर- सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा छाउगोठमा सुतिरहेकी एक महिलाको मृत्यु भएको छ।
स्ठानीयबासीलाई उद्धृत गर्दै, अछामको साँफेबगर नगरपालिका(३ बस्ने २१ वर्षीया पार्वती रावतको छाउगोठमा सुतिरहेको अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
घटनास्थलमा प्रहरी परिचालन गरिएको र त्यससम्बन्धमा थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहीले बताए।