धनगढी,१५ असार/बझाङबाट काठमाडौंका लागि छुटेको बस कपिलवस्तुको चरोडामा दुर्घटना भएको छ । हिजो छुटेको बस आज बिहानै दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार ना ६ ख १३३९ नम्बरको बस दुर्घटना भएको हो । सो बस रोडभन्दा करिब ५ मिटर तल पल्टिएर खसेको बताइएको छ ।दुर्घटनामा परि अन्दाजी सवार २५ जनामध्ये ४ जना गम्भीर घाइते भएका छन् भने अरु सामान्य घाइते भएका छन् ।
अहिले प्रहरीले घाइतेहरुको उद्वार गरि उपचारको लागि लगिरहेको बताएको छ । उक्त बसमा भोलि १६ गते हुने सिभिल सब–असिस्टेन्ट इन्जिनियरिङको लोकसेवा आयोगको परिक्षा दिने प्राबिधिक र काठमाडौं जाने यात्रु लागेका थिए । घटनाको थप विवरण आउन सकेको छैन ।