धनगढी/यातायात व्यवस्था कार्यालय धनगढी कैलालीका तत्कालिन कार्यालय प्रमुख लक्ष्मण शाहीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन कार्यालय प्रमुख शाहीसहित तत्कालीन सहायक कम्प्युटर अप्रेटर करार नरेन्द्रकुमार कठरिया र कम्प्युटर अप्रेटर पवनकुमार रावलमाथि विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरेको हो ।
‘आर्थिक वर्ष २०७८/७९ मा प्रयोगात्मक परीक्षामा फेल भएका परीक्षार्थीहरुलाई उत्तीर्ण गराएको र लिखित परीक्षामा उत्तीर्ण नभएका र लिखित परीक्षामा समावेश नभएका सयौं परीक्षार्थीहरुलाई प्रयोगात्मक परीक्षामा सामेल गराई उत्तीर्ण गराएको आरोप भन्ने उजुरी निवेदन पेश भएको थियो’ आरोपपत्रमा भनिएको छ ।
सो प्रतिवेदन अनुसार तत्कालीन कार्यालय प्रमुख लक्ष्मण शाहीले आफ्नो आधिकारिक युजर आइडी प्रयोग गरी वर्ग ‘ए’, ‘बि’, ‘सि–सि–१’, ‘के’, ‘जे–१’ का सवारी चालक अनुमतिपत्रको लागि लिइएका लिखित परीक्षाहरुमा अनुत्तीर्ण भएका १८० जना परीक्षार्थीहरुको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण जनाई लिखित परीक्षाको नतिजा प्रतिवेदनमा विवरण प्रविष्ट ९अपलोड० गरेको र त्यस क्रममा निजले प्रविष्ट९अपलोड० गरेका परीक्षार्थीहरु मध्ये १३ जनाको उत्तरपुस्तिकाहरूमा परीक्षकले लेखेको नतिजारप्राप्तांकलाई रि–राइट, ओभर–राइटसमेत गरी सच्याएको, सवारी चालक अनुमतिपत्रको लागि लिइएका प्रयोगात्मक परीक्षामा उपस्थित नै नभएका ३९ जना, फिल्ड प्रतिवेदनको नतिजा÷प्राप्तंकमा रि–राइट, ओभर–राइटसमेत गरी उत्तीर्ण बनाइएका २३ जना र परीक्षामा अनुत्तीर्ण भएका २२१ जना गरी जम्मा २८३ जना परीक्षार्थीहरूको फिल्ड प्रतिवेदनको नतिजा फेरबदल गरी उत्तीर्ण गराइएको हो ।
प्रणालीमा प्रविष्ट गर्ने काम गरेको र उक्त २८३ जनामध्ये २१ जना परीक्षार्थीहरूको नतिजालाई आफैले स्वीकृत गर्ने कामसमेत निज प्रतिवादी लक्ष्मण शाही कै आधिकारिक युजर आइडीबाट भएको पुष्टि भएको आरोपपत्रमा उल्लेख छ । निज लक्ष्मण शाहीले सवारी चालक अनुमतिपत्रको लागि लिइएको लिखित परीक्षामा १८० जना र प्रयोगात्मक परीक्षामा २८३ जना परीक्षार्थीहरुको परीक्षाको परिणाम फेरबदल गरी गर्न लगाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको तथा लिखित परीक्षामा १३ जनाको उत्तरपुस्तिकाहरूको नतिजारप्राप्तांक र २३ जनाको नतिजारप्राप्तांक सच्याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजलाई सोही ऐनको दफा ११ र दफा १३ बमोजिम कैद र जरिवाना सजायको मागदाबी गरिएको छ ।
‘यातायात व्यवस्था कार्यालय, धनगढीका तत्कालीन सहायक कम्प्युटर अप्रेटर ९करार० नरेन्द्रकुमार कठरिया र कम्प्युटर अप्रेटर पवनकुमार रावलले आफ्नो आधिकारिक युजर आइडी प्रयोग गरी सवारी चालक अनुमतिपत्रको लागि लिइएको लिखित परीक्षाहरुमा अनुत्तीर्ण भएका ६१ जना परीक्षार्थीहरुको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण जनाई लिखित परीक्षाको नतिजा प्रतिवेदनमा विवरण प्रविष्ट अपलोड गरेको’ आरोपपत्रमा उल्लेख छ ।
प्रतिवादी नरेन्द्रकुमार कठरियाले आफ्नो आधिकारिक युजर आइडीबाट स्वीकृत गरेको, प्रतिवादी पवनकुमार रावलले ‘ए’ वर्ग का सवारी चालक अनुमतिपत्रको लागि लिइएको लिखित परीक्षाहरुमा अनुत्तीर्ण भएका चार जना परीक्षार्थीहरूको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण जनाएको उल्लेख छ । प्रतिवादी नरेन्द्रकुमार कठरिया र पवनकुमार रावलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा निजहरुलाई सोही ऐनको दफा १३ बमोजिम कैद र जरिवाना सजायको मागदाबी गरिएको छ ।