धनगढी, ६ असार/आज सातै प्रदेशमा पानी पर्ने, कोशी, मधेश र गण्डकीमा ‘भारी वर्षा’को सम्भावना आज बुधबार सातै प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बिहान पनि बागमती प्रदेशको चितवन, गण्डकी प्रदेशको नवलपुर क्षेत्र तथा लुम्बिनी प्रदेशका प्युठान गुल्मी क्षेत्रतिर पानी परिहेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।
महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली आकाशमा बादल रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र देशका बाँकी भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशखाले जनाएको छ। महाशाखाले आगामी २४ घण्टा बिहीबार बिहान ६ बजेसम्मका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
त्यसमा भनिएको छ– देशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै कोशी, मधेश र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुनाले मेघगर्जनरचट्याङ, बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहाव तथा वर्षाका कारण नदीको स्तर बढेर हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
मौसमविद्का अनुसार २४ घण्टामा– १० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ।
महाशाखाका अनुसार हाल देशको पूर्वी तथा मध्य क्षेत्रमा मनसुनी प्रणाली पानी पार्ने प्रणालीको प्रभाव छ भने देशका बाँकी स्थानमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ।