काठमाडौं/राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदमा कर्मचारी मागेको छ। विभागले शनिबार सूचना जारी गर्दै ३० जना अनुसन्धान अधिकृत राजपत्राङ्कित तृतीय श्रेणी र ४१ जना अनुसन्धान सहायक राजपत्र अनङ्कित द्वितीय श्रेणी पदका लागि जनशक्ति माग गरेको हो।
अनुसन्धान अधिकृतका लागि कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण भएको हुनु पर्नेछ। ग्रडिङ पद्धतिबाट शैक्षिक योग्याता हासिल गरेकाले जीपीए २ वा सोभन्दा माथि ग्रेड प्वइन्ट प्राप्त गरेको हुनुपर्ने जनाइएको छ।
अनुसन्धान सहायकका लागि कम्तीमा प्रवीणता पत्र तह वा ग्रडिङ पद्धतिमा शैक्षिक योग्यता प्राप्त गरेको भए जीपीइ २ वा सोभन्दा माथिको ग्रेड प्वइन्ट प्राप्त गरेको हुनुपर्ने उल्लेख छ। विभागले सूचना प्रकाशन भएको ३० दिन अर्थात् असार ३१ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ।
