महेन्द्रनगर/नेपाली भुमीमा आएर अनाधिकृत रुपमा नापजाँच गरिरहेका पाँच भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–११ स्थित सीमा क्षेत्रमा शुक्रबार दिउँसो नेपाली पक्षसँग समन्वय नै नगरी एकतर्फी रुपमा नापजाँच गरिरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले भारतीय कन्सल्टेन्सीका कर्मचारीहरु समन्वय नगरी नेपाली भुमीमा आएपछि प्रहरीले नियन्त्रणमा लिइएको बताए । “सिमासम्म भारतले सडक बनाउन लागेको रहेछ त्यसको लेवल मिलाउन ती कन्सल्टेन्सीका कर्मचारीहरु नेपाली भुमीका आएर नापजाँच गरेका हुन ।” उनले भने–“हामीले सबैकुरा बुझेर मन्यालयसंग ममन्वय गरि छोडिकसकेका छौ ।” उनले नेपालसंग कुनै समस्न्वय नै नगरि आउँदा समस्या भएको बताए ।