धनगढी, २८ जेठ/सामुदायिक वन उपभोक्ता महासंघ,नेपाल गोदावरी नगर महासंघ,कैलालीको आयोजनामा गोदावरी नगर क्षेत्रमा रहेका सामुदायिक वन का सवाल समस्याको वारेमा छलफल तथा अन्तरक्रिया सम्पन्न गरिएको छ ।
गोदावरी नगर महासघका अध्यक्ष यादी रावतले सभापतित्व गरेको कार्यक्रमको प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभा सदस्य तुलसी देबकोटा रहेकी थिईन् । गोदावरी न पा वडा न १ अध्यक्ष तथा नगर प्रवक्ता गोपाल भट्ट, प्रदेश महासघका सचिव डण्डीराज सुवेदी, जिल्ला महासघका अध्यक्ष बिक्रम कुवँर, ईलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख गणेश वराल बिशिष्ठ अथिति रहेका थिए ।
सुरेन्द्र खत्रीले संचालन गरेको कार्यक्रममा स्वागत मनतब्य गोदावरी नगर महासघका उपाध्यक्ष हर्क धामी राखेका थिए । कार्यक्रमका प्रमुख अथिति तुलसी देबकोटाले सामुदायिक वनको बिधान कार्ययोजनामा भएका सबै नीति अनुसार सबैले पालना गर्नु पर्ने बताएकी छन् । उनले सुदुरपश्चिम प्रदेश सरकार संग सामुदायिक वन सरक्षण व्यबस्थापनको लागि समुहलाई सहयोग पुग्ने कार्यक्रमहरु समाबेश गर्न पहल गर्ने बताएकी छन् ।
कार्यक्रममा स्थानिय सरकारले माग गरेको दश प्रतिशत कर, सामुदायिक वन अतिक्रमण रोकथाम, सिमा बिवाद्, काठ दाउरा संकलन र बिक्रि बितरणमा भएको समस्या, सामुदायिक वनको आन्तरिक सुशासन लगाएतका सवालमा छलफल गरिएको थियो ।