धनगढी १५ जेठ/जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा कैलाली बहुमुखी क्यापसकी छात्रा सोबिता विनाडी प्रथम भएकी छन् । गणतन्त्र दिवसको अवसरमा नेपाल विद्यार्थी संघ कैलालीले सोमबार धनगढीमा आयोजना गरेको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा विनाडी प्रथम भएकी हुन् ।
यस्तै दितीय स्थानमा टिकापुर बहुमुखी क्यापसका पुष्पा बुढा र तृतीय स्थानमा ऐश्वर्य बहुमुखी क्यापसका भृकुटी अवस्थी भएका छन् । तीनै जनालाई नगद सहित मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।प्रथम हुने विनाडीलाई नगद १५ हजार मेडल र प्रमाणपत्र, दितीय हुने बुढालाई १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र र तृतीय हुने अवस्थीलाई ५ हजार रुपैयाँ, मेडल र प्रमाण पत्र वितरण गरिएको नेपाल विद्यार्थी संघ कैलालीका सभापति मनिष कुँवरले बताए ।उनका अनुसार प्रतियोगितामा जिल्लाका विभिन्न आठ विद्यालयका १४ जनाको सहभागिता रहेको थियो ।
सो अवसरमा नेविसंघबाट जिल्लाका विभिन्न क्याम्पसमा विजयी स्ववियु सभापतिहरूलाई सम्मान तथा प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट, केन्द्रीय सदस्य नृपबहादुर वड, काँग्रेस जिल्ला सभापति नारायणदत्त भट्ट र जिल्ला सचिव नृपबहादुर सुनारले मन्तव्य राखेका थिए ।