कैलालीको धनगढीमा सात दिने घरेलु हिंसा प्रभावित महिलाहरुका लागि सात दिने फास्टफुड तालिम सञ्चालन भएको छ ।
एक्सन फर डेभ्लपमेण्टले आयोजना गरेको महिला आर्थिक शशक्तिकरण कार्यक्रम अन्र्तगत घरेलु हिंसा प्रभावित महिलाहरुको आत्मनिर्भरताका लागि तालिमको आयोजना गरिएको जनाइएको छ ।
घरेलु हिंसा प्रभावित महिलाहरुलाई आत्मनिर्भर बनाउन, रोजगारी तथा हिंसा न्यूनिकरणको लागि यो तालिमको आयोजना गरिएको संस्थाका कार्यक्रम संयोजक पुष्पराज जोशीले बतथाए ।
कैलाली र कञ्चनपुरका विभिन्न किसिमका तालिम मोटर साईकल मर्मत, मोवाईल मर्मत, हाउस वाईरिंग आदी सञ्चालन भइसकेको संयोजक जोशीले बताए ।
महिला विकास शाखा उपसचिव अनिता बुढा ऐरले कार्यक्रमको उद्घाटन गरेकी थिईन् । संस्थाकी उर्मीला शाहीले स्वागत गरेको कार्यक्रममा दिपक भट्ट प्रशिक्षक रहेका छन् ।