धनगढी, १० जेठ/सक्रिय पश्चिम वायु र अरब सागरबाट आएको वायुको प्रभावले गर्दा बुधवार ९आज०देखि सुदूरपश्चिमबाट सुरुभै देशभरीनै दुई दिन हावाहुरी, चट्याङ, असिना पानी को सम्भावना उच्च रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ।
देशको पहाडी भू–भागहरूका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति भने मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेका महाशाखाले जनाएको छ।