कञ्चनपुर,
गुणस्तर तथा नापतौल विभागले कञ्चनपुर महेन्द्रनगरको एक पेट्रोल पम्पमा सिलबन्दी गरेको छ ।
आइतबार विभागले भीमदत्त नगरपालिका–४ गोबरैया स्थित महकाली फिलिङ्ग सेन्टरमा सिलबन्दी गरेको हो । कम तेल दिएर उपभोक्ता ठगिभईरहेकाले महाकाली पेट्रोल पम्पमा सिलबन्दी गरेको विभागले जनाएको छ ।
गुणस्तर तथा नापतौल विभाग धनगढीका प्रमुख दिपेन्द्र रोकायाले १० लिटरमा २ः५० मिलिमिटर कम तोल बिक्रि वितरण भईरहेको पाईएकाले शिलबन्दी गरिएको बताए । ‘हामी तीन पटक तेल नाप्यौँ, ‘उनले भने, ‘तीनै पटक १० लिटरमा २ः५० मिनिग्राम कम तेल आयो, यो सरासर उपभोक्तामाथी अन्याय हो ।’ विभागले पेट्रोलको भित्र र बाहर सटरमा ६ टाँचा लगाएको छ ।
कार्यालय प्रमुख रोकायाले उक्त पेट्रोलका संचालकमाथी नापतौल ऐन २०२५ र नियम २६ अनुसार कार्बाही प्रकृया अघि बढाईने बताए । ‘अहिले हामीले दुवै मेसिनमा सिलबन्दी गरेका छौँ, ‘उनले भने, ‘यो पेट्रोल पम्प अनुसन्धानको घेरामा छ ।’ महकाली फिलिङ्ग सेन्टरका संचालक रण बहादुर चन्दले विवित कारणबाट मेसिनले कम तेल दिएको हुनसक्ने बताए ।
