धनगढी, ४ जेठ/डोटीमा बस दुर्घटना भएको छ। पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलोटमा बस दुर्घटना भएको हो। ना६ख १९८० नम्बरको बस धनगढीबाट अछाम जाँदै गरेको खप्तड मालिका यातायात प्रालिको बस दुर्घटना भएको हो।
रातीको समयमा ब्रेक फेल हुँदा ड्राईभरले सडकको भित्तामा बसलाई ठोकेर यात्रुहरुको ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । चालकदलसहित ४२ जना यात्रु सवार बस दुर्घटनामा ड्राइभरसहित एक महिलालाई सामान्य चोट लाग्दा अरु कुनै मानविय क्षति नभएको प्रहरीले बताएका छन् ।