धनगढी, २९ बैशाख/कैलालीको स्याउलेमा सडक अवरुद्ध गरिएको छ । धुलो धुवा नियन्त्रणको माग गर्दै धनगढी(दिपायल फास्ट ट्रयाक अन्तगर्तको सडक आज बिहान स्थानियले अवरुद्ध गरेका हुन् ।सडक निर्माणको जिम्मा लिएको खडका कृष्ण जेबि निर्माण कम्पनीले व्यवास्था गरि धुलोधुवाँ भएपछि स्थानीयले सडक अवरुद्ध गरेको स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले बताए ।उनले धुलाम्मे सडकले आसपासका नागरिकको स्वास्थ्य अवस्था निकै जोखिममा पार्नुका साथै स्याउले बजारको व्यवसाय नै धरापमा परेको बताए ।
धुलो नियन्त्रण नहुदा सम्म सडक अवरुद्ध गर्ने उनले बताए । स्कुलबस, एम्बुलेन्स लगायतका ईमरजेन्सी सवारी साधनहरु भने सञ्चालन हुन दिने अध्यक्ष देउवाले बताए ।स्थानीयले धुलो नियन्त्रण गर्न माग गरेका छन् । नगरपालिकाले पनि सडकमा धुलो नियन्त्रणका लागि कुनै पहल नचाले पछि आज सडक अवरुद्ध गर्नुपरेको स्थानीयले बताएका छन ।
अहिले तत्काल पिच नभएपछि पानी हालेर धुलो उड्न नदिने बनाउनुपर्ने स्थानियको माग छ । दैनिक सयौं गाडी आवातजावत गर्ने सडकको अवस्था लामो समयदेखि अलपत्र हुँदा धुलोधुवाँले स्वास्थ्यमा असर गरेको भन्दै आन्दोलनमा उत्रिएको स्थानीय टेक बहादुर मगरले बताए ।
स्थानीय गणेश अधिकारी तत्काल सडक निर्माण हुन नसके पनि धुलो उड्ने कम गर्न सडकमा नियमित पानी हाल्न माग गरेर सडक अवरुद्ध गरेको बताए ।