धनगढी, २२ बैशाख/प्रतिनिधी सभा सदस्य विर बहादुर बलायरले आफु जनताको ईमान्दार चौकिदार भएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ को १४ औँ महाधिवेशन पछीको प्रथम क्षेत्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले क्षेत्र नम्बर ४ मा जनताको ईमान्दार चौकिदार हाँजीर भएकोले अब कुनैपनी ठाँउमा अनिमियतता नचल्ने बताएका हुन् ।
कांग्रेस सुदूरपश्चिमका प्रदेश सभापति समेत रहेका उनले वन जंगल अतिक्रमण गर्ने हरुले नै नेपाली कांग्रेसले स्थानीय वनमा उद्घाटन गरेको वि पी स्मृति भवनको विरोध गरेको बताए । सरकारले नै वि पी स्मृति भवनकालागी रकम छुट्याएको उनको भनाई थियो ।
एमाले सचिव एवम् पुर्व मन्त्री लेखराज भट्टलाई ईंगीत गर्दै उनले भने “प्रमाण नै नभएको जग्गा आफ्नो भन्दै सर्वोच्चमा मुद्धा हाल्ने,सुकुम्बासी मैले बोकेर लैजान नपरोस,सर्वोच्चमा मुद्धा पल्टाउन नपरोस,न्यायधिस विरुद्ध मुद्धा हाल्न नपरोस् ।”उनले चौकीडाँडाका वास्तविक सुकुम्बासीको पहिचान गरी व्यवस्थापन गर्नुपर्ने धारणा राखे ।