• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कृषि अनुदान निजि संस्था र नाफामुखी सहकारीलाई

धनगढी। सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मातहतका निकायमार्फत निजि कम्पनी र नाफा कमाउने उद्देश्यले सञ्चालित सहकारी संस्थाहरुलाई लाखौँ रुपैयाँ अनुदान दिएको खुलेको छ । कृषि ज्ञान केन्द्र कैलालीले नाफा आर्जन गर्ने उद्देश्यले स्थापना गरिएका २९ वटा सहकारी संस्थाको भवन निर्माणका लागि अनुदानवाफत गत आर्थिक वर्षमा तीन करोड २९ लाख रुपैयाँ वितरण गरेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदनले निजि कम्पनी, नाफामुलक सहकारी, व्यक्ति नाममा कार्यविधि विपरीत लाखौँ रुपैयाँ अनुदान वितरण भएको उजागर गरेको हो ।कृषि ज्ञान केन्द्र कञ्चनपुरले पनि १६ वटा नाफामुलक सहकारीलाई भवन निर्माणका लागि दुई करोड १३ लाख र कृषि ज्ञान केन्द्र बाजुराले एक नाफामुलक सहकारीलाई १४ लाख रुपैयाँ अनुदान वितरण गरेको पाइएको छ ।

कृषि ज्ञान केन्द्र कैलालीले कैलालीमा मल उद्योग स्थापना गर्न एक गाइ संरक्षण समितिलाई ४८ लाख रुपैयाँ अनुदान दिएको छ तर मल उद्योग स्थापना भइ सञ्चालनमा आएको पुष्टि हुने प्रमाण नदेखिएको महालेखाले जनाएको छ । श्रेस्तामा संलग्न तस्विरबाट उक्त उद्योगको भवनसमेत अधुरै देखिएको प्रतिवेदनमा उल्लेख छ ।

कृषि ज्ञान केन्द्र कैलालीले नै जोशीपुरमा रहेको एक निजि कम्पनीलाई ३६ लाख ५९ हजार अनुदान दिएको खुलेको छ । राइस, आयल र फ्लोर मिलको कारोबार गर्ने एक निजि कम्पनीलाई भवन निर्माणका लागि भनेर उक्त अनुदान दिइएको हो । महालेखाले निजि कम्पनीलाई अनुदान दिनु उचित नदेखिएको भन्दै यस्ता कार्य नियन्त्रण हुनुपर्ने भनेको छ ।

मन्त्रालयको कार्यविधिमा पशुपन्छी तथा मत्स्य यान्त्रिकीकरण सहयोगमा ५० प्रतिशत अनुदान दिने व्यवस्था छ । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनगढीले भने छ जना कृषकलाई ह्याचरी मेसिन खरिदका लागि मापदण्डभन्दा सात लाख ४० हजार रुपैयाँ बढी भुक्तानी गरेको पाइएको छ । महालेखाले उक्त रकम असुल गर्न भनेको छ ।

मन्त्रालय मातहतको कृषि ज्ञान केन्द्र अछामले आफ्नो एक प्रतिवेदनमा समुन्द्री सतहदेखि आठ सयदेखि दुई हजार मिटर उचाइसम्म हिउ नपर्ने क्षेत्रमा किवी खेती र एक हजार दुई सयदेखि दुई हजार पाँच सय मिटर उचाइसम्मको पहाडमा ओखर खेती हुने भनेको छ । तर केन्द्रले तराइमा पर्ने धनगढीबाट किवी र ओखरको विरुवा खरिद गरेको भनेर २५ लाख २२ हजार खर्च देखाएको छ । यसमा महालेखाले धनगढीमा किवी र ओखरका विरुवा तयार हुनसक्ने पुष्ट्याँइसहित ती विरुवा रोपण गरी हुर्केको सम्बन्धमा अनुगमन हुनुपर्छ भनेको छ ।

भेटनरी अस्पताल कञ्चनपुरले गत छाडा चौपाया व्यवस्थापनका लागि शुक्लाफाँटा नगरपालिकामा पूर्वाधार निर्माण गर्न ३९ लाख ८४ हजार खर्च गरेको छ । छाडा चौपाया व्यवस्थापनका लागि पूर्वाधार निर्माणमा नगरपालिकाले समेत ४० लाख खर्च गरेको देखिएको भन्दै महालेखाले ती पूर्वाधार सञ्चालनमा आएको एकीन नदेखिएको जनाएको छ ।

महालेखाको प्रतिवेदनअनुसार मन्त्रालय र मातहत निकायले कतिपय अनुदान नीति र कानुनविना वितरण गरेका छन् । मन्त्रालयले आर्थिक वर्ष २०७८/०७९ मा कार्यक्रम शीर्षकमा खर्च गरेको ८० करोड ५९ लाख मध्ये अधिकांश रकम नीति र कानुनविना कृषि उपकरण, बीउ, तरकारी तथा फलफूल खेती, उन्नत चौपायालगायत कार्यक्रममा खर्च गरेको छ । तर अनुदान नीति र कानुनविनै अनुदान वितरण भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।महालेखाको प्रतिवेदनअनुसार यो मन्त्रालयले आर्थिक वर्ष २०७४/०७५ देखि २०७८/०७९ सम्म १० अर्ब ५५ करोड ९८ लाख बजेट पाएकोमा सात अर्ब ८० करोड ६३ लाख खर्च गरेको छ ।

बिहिबार, बैशाख २१, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.