काठमाडौँ ।
दक्षिण एसियाली खेलकूद(साग) को आइतबार हुने उद्घाटन भव्य बनाउन शुक्रबार त्यस्तै भव्य रिहर्सल गरिएको छ । राजधानीको दशरथ रंगशालामा सागको औपचारिक उद्घाटन हुनेछ । त्यसका शुक्रबार रंगशालामा भव्य ‘रिहर्सल’ गरिएको हो ।

नेपाली सेना, प्रहरी तथा विद्यार्थीलगायतले ‘रिहर्सल’ गरेका हुन् ।
सागको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । तीन घण्टा १४ मिनेट लामो उद्घाटन सत्रमा नेपालको सातवटै प्रदेशको कला र सस्कृति झल्कने झाँकी एवं कला प्रस्तुत गरिने छ ।

दक्षिण एसियाली महादेशीय खेल कुम्भमेलाको रुपमा आयोजित सागमा विभिन्न २६ खेल समावेश गरिएको छ ।

