धनगढी, ६ बैशाख/डोटीको जोरायल ५ गडसेरा क्षेत्रका सामुदायिक वन क्षेत्रमा आगलागि भएको छ । आगलागि हुदा बस्तीमा पस्ने जोखिम बढेको छ । गडसेराका सृजशिल सामुदायिक बन र गौरीशंकर सामुदायिक वनमा निकै ठुलो आगो दन्किएको छ ।
‘वनमा आगो नियन्त्रण भन्दा बाहिर गैइरहेको छ’ गडसेराका सृजशिल सामुदायिक बनका अध्यक्ष रबिन्द्र देउवाले भने–‘तिब्र रुपमा हावाहुरी चलिरहेकोले आगो गाउँ बस्ती बस्ने जाखिम बढेको छ ।’ आगलागिबाट खेतेडा क्षेत्रको खेतडा, बोहरा गाँउ, बन्द्वार, ओझा गाँउ, सिसमडा, आलिबाटा, बनकट्टे, दह क्षेत्रको बस्तीमा जोखिममा रहेको अध्यक्ष देउवाले बताए । आगलागी नियन्त्रण नभएको खण्डमा धेरै क्षति हुने समेत त्यहाका स्थानीय बताउछन् ।