काठमाण्डौ ६ बैशाख/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महरले नेपाली विद्यार्थी संघ गन्तब्य तर्फ उन्मूख रहेको बताएका छन ।
बुधबार नेपाल बिद्यार्थी संघ शंकर देब क्याम्पस इकाई समितिले नेपाल बिद्यार्थी संघको ५४ औ स्थापना दिवशको अवसरमा आयोजना गरेको शुभकामना तथा नव निर्वाचित स्ववियू पदाधिकारीहरुलाई बर्धाई कार्यक्रममा उहाँले सो कुरा बताएका हुन ।
उनले पछिल्लो समय उच्च शिक्षा र रोजगारीका नाम विदेश पलायन हुने यूवाप्रति लक्षित गर्दै सबै विदेशमा रहेका यूवाहरुलाई नेपाल फर्किने वातावरण बताउनु पर्नेमा जोड दिए । नेपाल बिधार्थी संघ नेपाल र नेपाली जनताको हक हितका लागि स्थापना भएको चर्चा गर्दै सम्पूर्ण यूवाजनशक्तिलाई देश मै स्वरोजगारको ग्यारेण्टी गर्न संघको गन्तब्यमा रहेको पूर्व अध्यक्ष महरले बताए । सबैको पहुँचमा शिक्षा रोजगारीको सुनिश्चित गर्दै नेपाललाई सक्षम नेपाल निर्माण बनाउन नेपाली काँग्रेस अग्रसर रहेको जिकिर गर्दै सबैको नेपालमै सम्भावना रहेको दाबि गरे ।
नेपाल बिद्यार्थी संघ शंकर देब क्याम्पस इकाई समिति अध्यक्ष विवेक लामा घिसिङ्गको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व स्ववियू सभापति शुभराम बस्नेत, नेवि संघका पूर्व सह–महामन्त्री प्रेमराज जोशी, पूर्व केन्द्रीय सदस्यहरु प्रेम शाही, गिता गुरुङ्ग, सम्झना खत्री, विधार्थी नेता एसमान विष्ट लगायतले शुभकामना तथा बधाई मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन स्ववियू सह–सचित्र भुवन ओझा र ईकाइ सदस्य जेनिसा कार्कीले गरेका थिए ।